देशभर मंगलबारदेखि भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।अहिले दक्षिणतर्फ रोकिएर रहेको मनसुनी रेखा उत्तरतर्फ सर्ने भएकाले आउँदो मङ्गलवार रातिदेखि देशभर ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् ।
मंगलबार रातिदेखि देशभर ३| ४ दिन भारी वर्षाको सम्भावना रहेको बताइएको छ । त्यस समयमा टाढाको यात्रामा नजान सजग गराइएको छ ।केही दिनदेखि पानी पानी नपर्दा देशभर गर्मी बढेको छ । देशका सबैजसो ठाउँमा अधिकतम तापक्रम बढेको छ भने तातो र सुक्खा हावा चल्न थालेको छ ।पहाडी क्षेत्रमा फाट्टफुट्ट पानी परेर बिहान बेलुका केही शीतल महसुस भए पनि तराईका जिल्लामा केही दिनयता पानी नपर्दा गर्मी बढेर जनजीवन प्रभावित बनेको छ ।