नेत्रविक्रम चन्द विप्लवसहित चार दलीय मोर्चाले नेपाल बन्द आह्वान गरेका छन् ।आज बिहानै बन्दकर्ताले दाङमा सवारीसाधनमा आगजनी समेत गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन ।चारपाँच जनाको समुहमा रहेका व्यक्तिले टिप्परको अघिल्लो भागमा आगो झोसेर भागेका थिए । आगजनीका कारण टिप्परको अघिल्लो भाग जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले आगजनीमा संलग्नको खोजी गरिरहेको छ ।नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन् ।सरकारसँग भएको तीन बुँदे सहमतिविपरीत आफ्ना नेताहरुमाथि पक्राउ पूर्जी जारी भएको भन्दै विप्लवका नेकपाले विरोध गर्दै आएको थियो ।