‘द भ्वाइस अफ नेपाल’ सिजन ४ यहि भदौ २४ गतेबाट प्रसारण हुँदैछ । यसैबिच, ‘द भ्वाइस’को टिमले यतिबेला प्रचार-प्रसारको कामलाई अगाडी बढाइरहेको छ । हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार प्रसारण हुने ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को कोचहरुको कुर्सीमा बस्ने र घुम्ने अवसर दर्शकलाई प्रदान गरिएको छ । काठमाडौंका बिभिन्न मलमा कोचहरुको वास्तिक कुर्सि नै राखेर दर्शकलाई अनुभव लिने अवसर दिइयो ।बिजी मलमा शनिबार र आइतबार कोचको घुम्ने कुर्सि राखिएको थियो । जसमा सयौंले घुमेर अनुभव लिएका थिए । साथै बिजीमलमा कोच प्रबिशा अधिकारीपनि पुगेकी थिइन् । उनले द भ्वाइस छिट्टै हिमालय टेलिभिजनबाट प्रसारण हुँदैछ भन्ने जानकारी दिइन् । साथै उनले गीत गाएर उपस्थित दर्शकलाई सुनाइन् ।
यस्तै सोमबार र मंगलबार सिभिल मलमा कुर्सि राखियो । जहाँ ‘द भ्वाइस अफ नेपाल’ सिजन २ का फाइनलिस्ट गायक आरिफ राउफ पुगेका थिए । उनले केहि गीत गाएका थिए । यस्तै आज (बुधबार) र भोली भक्तपुरको राधेराधेमा रहेको भाटभटेनीमा कुर्सि राखिएको छ । आज गायक गोविन पुन पुगेका छन् । यसपछि लबिम मलमा कुर्सि दुईदिन राखिनेछ । ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को भोली (बिहीबार) ग्राण्ड प्रिमियर हुँदैछ ।