युक्रेनको ठूलो बाँधमा रुसी क्षेतीस्पन्द आक्रमण , वाढीको खतरा

दक्षिणी युक्रेनको एउटा मुख्य बाँधमा रुसले क्षेप्यास्त्र आक्रमण गरेको छ । ठूलो बाँधमा आठ वटा क्षेप्यास्त्र प्रहार भएको बीबीसीले जनाएको छ । बाँधमा भएको आक्रमणबाट बाढीको जोखिम भएपछि प्रशासनले स्थानीयवासीलाई अन्तै जान अनुरोध गरेको छ ।क्रिभी रिहको दुई जिल्लाका २२ वटा बस्तीका मानिसहरू जोखिममा परेका नगर प्रमुख ओलेक्सान्डर भिल्कुलले बताउनुभएको छ । बाँध फुटेको ठाउँमा एक सय क्युबिक मिटर प्रतिसेकेन्ड क्युसेक को गतिमा पानी बगेको र त्यसैका कारण इन्हुलेट्स नदीमा जलस्तर खतरनाक ढङ्गले बढिरहेको खबरमा उल्लेख छ । क्रिभी रिह युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको जन्मस्थान पनि हो ।

बाँधमा भएको आक्रमणका कारण सहरमा खानेपानी आपूर्ति प्रभावित भएको छ । रुसले पछिल्लो क्षेप्यास्त्र आक्रमणबारे कुनै टिप्पणी गरेको छैन । यसअघि रुसी सेनाले ऊर्जा उत्पादन केन्द्रहरूमा आक्रमण गरेको स्वीकार गरेको थियो । अझै पनि रुसले युक्रेनको पाँच भागको एक भागमा नियन्त्रण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?