अछाम पहिरो: मृत्यु हुनेकाे संख्या १७ पुग्यो, ६ जना अझै बेपत्ता

अछामको तुर्माखाद गाउँपालिका-कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा बाढी तथा पहिरोमा परेर ज्यान मृत्यु हुनेकाे संख्या १७ पुगेको छ ।

पछिल्लो विवरण अनुसार तुर्माखाद गाउँपालिकामा ४ जना, कमलबजार नगरपालिका वडा नम्बर ६ ठाँटीखादमा ७ जना, कमलबजार नगरपालिका वडा नम्बर ८ मा ५ जना र ढकारी गाउँपालिकामा १ जना गरेर जम्मा १७ जनाको बाढी तथा पहिरोमा परेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार १७ जनाको शव भेटिएपनि अझै ६ जना भने बेपत्ता रहेका छन् ।

नेपाली सेनाको हेकिकोप्टरद्वारा बाढी तथा पहिरोमा घाइते भएका ११ जनाको उद्धार गर्ने तयारी भइरहेको छ । उनीहरूलाई उपचारका लागि हेलिकोप्टरमार्फत सुर्खेत लगिने तयारी भइरहेको जिल्ला प्रशासन कार्यलय अछामले जनाएकाे छ ।यसैबीच नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले अछाममा उद्धार तथा राहत कार्यका लागि जुट्न मातहतका निकायलाई निर्देशन समेत दिनुभएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?