सरकारले नेपाली मौलिक बाजाहरुको संरक्षण गर्न नसक्दा व्यवसाय संकटमा परेको व्यवसायीहरुले गुनासो गरेका छन् ।
तिहारहरुमा बजारमा मादलको माग आत्याधिक हुने गरेपनि पछिल्लो समय मादल व्यवसाय नै संकटमा परेको उनीहरुले गुनसो गरेका हुन् ।
विगतमा तिहारलाई लक्षित गरी मादल उत्पादन गर्न भ्याइनभ्याइ हुने गरेपनि यो वर्ष बजारबाट माग नै नआएको गुनसो गरेका छन् । विदेशी कला, संस्कृति र बाजाहरुलाई प्रोत्साहन गर्ने तर नेपाली मौलिक संस्कृति र बाजाहरुको उचित संरक्षण नहुँदा संस्कृति नै लोप हुँदै जान थालेको मादल व्यवसायी रिमबहादुर कुरुले बताउनुभयो ।
उहाँले मादल विभिन्न जातजातिका कला, संस्कृति अनुसार नेपालीहरुले मात्रै प्रयोग गर्ने गरेको बताउनुभयो । कुरुले नेपाली मादललाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउनसके मादल व्यवसायकोसमेत संरक्षण हुनसक्ने बताउनुभयो । उहाँले मादल व्यवसायको संरक्षण गर्न सरकारले विद्यालय तहमा नेपाली मौलिक बाजाको विषयमा पाठ्यक्रम नै सामवेश गर्न माग गर्नुभयो ।
गाउँ तथा शहरमा देउसीभैलो खेल्नेले मादल किन्ने भएपनि अहिले मादलको ठाउँमा साउण्डसिस्टम प्रयोगमा आउँदा मादल व्यवसाय संकटमा परेको छ । अहिले मादल भन्दा आधुनिक बाध्यबाधनका सामान बजारमा उपलब्ध हुने भएकाले तिहारको गीत समेत गाउन छाडिएको छ । पछिल्लो समय सूचना र प्रविधिको विकासका कारण मादल बिक्रीमा कमी आएको देखिन्छ ।