गोप्य वार्ताको परिणाम जोनसन प्रधानमन्त्रीको दौडबाट पछाडी हटे, सुनकलाई हाइसन्चो

बेलायतको नयाँ प्रधानमन्त्रीको दौडमा रहेको पूर्वप्रधानमन्त्रीसमेत रहेको बोरिस जोनसन प्रधानमन्त्री नलड्ने भएका छन् ।निवर्तमान प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएपछि क्यारेबियन भ्रमणलाई स्थगित गरेर प्रधानमन्त्रीको दौडका लागि बेलायत फर्केका जोन्सन अन्ततस् प्रधानमन्त्री नलड्ने भएका हुन् ।

जोनसन पछाडी हटेपछि पूर्वचान्सलर भारतीय मुलका ऋषि सुनक सोमबार ब्रिटेनको प्रधानमन्त्रीको रूपमा छनौट हुनसक्ने देखिएको छ। यसअघि जोनसन र सुनकबीच मध्यरातसम्म गोप्य वार्ता भएको थियो ।जोनसन पछाडि हट्नुमा त्यही मध्यरातको वार्ताको परिणाम भएको आँकलन गर्न थालिएको छ । सुनकले १२९ टोरी सांसदहरूको सार्वजनिक समर्थन पाइसकेको बताइएको छ ।यस्तै, अब सुनकसँग प्रतिस्पर्धामा रहेकी पेनी मोर्डन्टले निर्वाचन लड्नका लागि आवश्यक १०० सांसदहरूको समर्थन पनि पुर्याउन नसकेको जनाइएको छ । जसले गर्दा बेलायको आगामी प्रधानमन्त्री सुनक नै हुने प्रवल सम्भावना देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?