गुल्मीका गौतम यसकारण पुगे ‘विकटकी चेली’को शरणमा, एमालेलाई हाइसञ्चो

गुल्मी एमालेका नेता शेषकान्त गौतमले आज आइतबार पत्रकार सम्मेलन गरेर नेकपा एसकी उम्मेदवार रामकुमारी झाँक्रीलाई सर्मथन गर्ने घोषणा गरेका छन् ।सुरुमै गौतमले रामकुमारीको चर्चा गर्दै भनेका छन्– उनी विकटकी चेली हुन् । अहिले सडक बनेपछि त्यो गाउँ सुगम भएको छ । तर, पहिले रामकुमारीले खस्रुको बीचबाट संर्घष गरेकी छिन् । यो गौतमले पत्रकार सम्मेलनमा भनेको अभिव्यक्ति हो ।

उनले गोकर्ण बिष्टको चर्को बिरोध गरे पनि विष्टको पहलमा भएको विकासका कारण गाउँको मुहार फेरिएको कुरा आफैले स्वीकार गरेका छन् । विकासको देन गोकर्णको हो । उनले क्षणिक आवेग र स्वार्थका लागि निर्वाचनको मुखमा गलत हर्कत गरेका हुन् ।उनले आफू एमालेमै रहने र भोट मात्रै रामकुमारीलाई दिने भनेर लाजमर्दो अभिव्यक्ति दिइरहेपछि पत्रकारहरूले निकैबेर गौतमलाई केरकार पारे । उनले विज्ञप्तिमा ७० प्रतिशत आफ्नो प्रशंसा गरेर बाँकी गोकर्ण बिष्ट र पार्टी नेतृत्वलाई गाली गरेर सकेका छन् ।

पत्रकारले टिकट नपाएर यो बिद्रोह हो रु पार्टीले कारबाही गर्दैन रु पार्टी नीतिविपरीत काम गर्दा पनि कसरी पार्टीमा रहिन्छ भनेर प्रतिप्रश्न गौतमलाई गरेका थिए । उनले पार्टीले कारबाही गरे सामना गर्ने र आफूलाई कारबाही गर्ने व्यक्ति र हस्ताक्षर हेर्न खोजेको बताए ।गौतम लामो समय पार्टीको चुनावी मोर्चामा असन्तुष्ट बन्ने अरु पार्टीबाट रकम कुम्ल्याउन खप्पिस छन् । उनलाई स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई सहयोग गरेको आरोप पनि लागेको छ । फलस्वरूप उनी पार्टीको कारबाहीको पहिलो नम्बरमा परेका व्यक्ति हुन् ।

निर्वाचनमा यी र यस्तै काम गर्ने तर पछि नेता विषेशसँग जोडिएर राजनीतिक लाभ लिन पनि उनी निकै चलाख छन् । एमालेकै कारण लामो समय कफी विकास बोर्डको नेतृत्व गरे । तर, त्यहाँ रहँदा उनले पदीय दुरूपयोग गरे । जसका कारण आज उनी भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् ।उनको मुद्दा अझै पनि प्रक्रियामा रहेको छ । एमालेका एक नेताका अनुसार पहिलेका थुप्रै नियुक्तिहरू र गाउँका उपभोक्ता, सहकारीहरूमा दुरूपयोग गरेका कारण बिबादमा पर्दै आएका छन् । अहिले पनि गठबन्धनको सरकारबाट अख्तियारको मुद्दामा जोगाउने आश्वासन पाएपछि गठबन्धकै निर्णय अनुसार लामो राजनीतिक यात्रा ध्वस्त बनाएको ती नेताले बताए । उनलाई पार्टीबाट निष्काशनको तयारी भइरहेको बताइएको छ ।

पदीय दुरूपयोग गरेर भ्रष्टाचारको मुद्दा खेपिरहेका तथा पार्टीभित्र बसेर सधैंजसो पार्टी हितविपरीत काम गरिरहेका गौतम आफैंले पार्टी छोडेपछि गुल्मी एमालेलाई हाइसञ्चो भएको छ । वर्तमान गठबन्धन सरकारले मुद्दामा सहयोग गर्ने आशा बोकेर उनी नेकपा एसकी उम्मेदवार झाँक्रीलाई सघाउने निर्णयमा पुगेका हुन् ।स्रोतका अनुसार गुल्मी–२ मा एमालेका हेभिवेट उम्मेदवार गोकर्ण विष्टसँग प्रतिस्पर्धा गर्न नसक्ने भएपछि रामकुमारी झाँक्रीले मुद्दाको विषयमा ब्ल्याकमेलिङ गरेर गौतमलाई आफ्नो पक्षमा उभिन बाध्य बनाएकी हुन् । आफूलाई सहयोग नगरे मुद्दाको प्रक्रिया तत्काल अगाडि बढाउने त्रास गौतमलाई दिइएको बताइएको छ ।गुल्मी–२ मा नेकपा एमालेबाट गोकर्ण विष्ट प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन् । यस्तै प्रदेश सभा क  मा डिल्लीराज भुसाल र ख मा दिनेश पन्थी उम्मेदवार छन् । गठबन्धनविरुद्ध सहजै जित निकाल्ने उनीहरूको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?