कल्पितको ‘भगवानको भैँसी’लाई क्यानडामा अवार्ड

१४ मिनेट लामो नेपाली चलचित्र ‘गड्ज बफेलो’ अर्थात ‘भगवानको भैँसी’ले क्यानडाको माउण्टेन फिल्म एण्ड बुक फेस्टिभलमा अवार्ड प्राप्त गरेको छ । चलचित्र निर्माता तथा छायाँकार विष्णु घिमिरे ‘कल्पित’ले निर्देशन गरेको यो चलचित्रले ‘स्पेसल जुरी मेन्सन अवार्ड’ जितेको हो ।यसअघि यो चलचित्रले काठमाडौं पर्वतीय फिल्म फेस्टिभल किम्फमा सर्वोत्कृष्ट डकुमेन्ट्रीको अवार्ड र इसिमोड माउन्टेन फिल्म अवार्ड जितेको थियो ।यो चलचित्रमा सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले बगाएकी गर्भवती भैंसीको उद्धार गर्न उसका मालिकले गरेको संघर्षलाई देखाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?