सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । तोलामा तीन सय रुपैयाँले घटेर सुन आज ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार २ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।