आइतबार उच्च अंकले बढेको सेयर बजार लगातार दुई दिन घटेको छ । सोमबार घटेर बन्द भएको बजार मंगलबार पनि सोही ट्रेन्डमा रह्यो । मंगलबार २.५७ बिन्दुले घटेको बजार १९५६.३६ बिन्दुमा झरेको छ । यस दिन कुल २२६ वटा स्टकको १८ हजार ४७२ वटा कारोबारबाट २७ लाख ७३ हजार ७३७ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४६७ रुपैयाँ बराबरको भएको छ ।
मंगलबार वित्त, निर्जीवन बीमा, अन्य र जीवन बीमा उपसमूहमा हरियाली देखियो । अन्य सबै उपसमूहको मूल्य घटेको छ । मंगलबार सबैभन्दा धेरै व्यापार उपसमूहले गुमाएको छ ।