‘रविले पासपोर्टको दुरूपयोग गरेका थिएनन्’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो राहदाीको दुरूयोग नगरेको पाइएको छ । रवि लामिछानेले दोहोरो राहदानी लिएर दुरूयोग गरेको भन्दै उजुरी परेपछि अनुसन्धान गरिएकोमा दुरूयोग गरेको नपाइएको निष्कर्षमा अध्यागमन विभाग पुगेको छ ।

अनुसन्धानका क्रममा रविले अमेरिकी नागरिकता त्याग गरेपछिमात्रै नेपाली राहदानी प्रयोग गरेको पाइएकोले दुरूपयोग गरेको भन्न नमिल्ने निष्कर्षमा पुगेको स्रोतले जानकारी दिएको छ ।

अध्यागमन विभागले रविको राहदानी विवाद सम्बन्धी प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?