सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ ।

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा १ लाख १ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो पनि तोलामा तीन सय रुपैयाँले घटेको सुन तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

हप्ताको पहिलो दिन आइतवार तोलामा एक लाख दुई हजार ८ सय रुपैयाँ थियो । सोमवार सार्वजनिक बिदा भएकाले भाउ तोकिएको थिएन ।

यस्तै आज चाँदीको पनि भाउ घटेको छ । तोलामा ४० रुपैयाँले घटेर चाँदी आज एक हजार दुई सय २४ रुपैयाँमा कारोबार भैरहेको छ ।

हिजो चाँदी तोलाको एक हजार दुई सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?