ज्ञानोदय प्राथमिक बिधालय माथागढी १ चिदीपानी पाल्पाले शैक्षिकसत्र २०७९ को समिक्षा तथा आगामी शैक्षिकसत्र २०८० को योजनाको बारेमा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष राजकुमार पन्थीको अध्यक्षता, माथागढी गाउँकार्यपालिका सदस्य तुलसा न्यौपानेको विशेष उपस्थिति रहेको थियो । अभिभावक, विद्यार्थी र शिक्षकको साथ सहयोग र विद्यालय ब्यवस्थापनको चुस्तताका कारण विद्यालयले पुनर्जीवन प्राप्त गरेको अध्यक्ष पन्थीको भनाई छ । विद्यालयको भबिष्यले समाजको भविष्य निर्धारण गर्ने अध्यक्ष पन्थीले बताउनुभयो ।
शैक्षिक सत्र २०७९ को समिक्षा, शैक्षिक सत्र २०८० का विद्यालयको योजनाहरु, थप कक्षा ६ संचालन र अविभावक बाट पृष्ठपोषण पाएको सहायक प्रअ मेनुका थापाले बताउनुभयो ।
प्रधानाध्यापक बिजयदिप पन्थीले विद्यालयको बर्तमान अवस्थाको बारेमा अभिभावकलाइ जानकारी गराउनुभयो ।