जिल्लामा भएका विकाश निर्माण, सेवा प्रवाह तथा सुशासनका बिषयमा प्रतिनिधि सभा सदस्य ठाकुर गैरैले निरन्तर चासो देखाएका छन । बुधवार जिल्ला प्रशासन कार्यालय पाल्पामा बगनासकाली गाउँपालिका स्थित चिलाङ्दी चापपानी–राम्दी सडकको ७ बर्ष देखि रोकिएको कामको छिनोफानो गरेका गैरैले बिहिवार कालीगण्डकी कोरीडोरको स्थलगत अनुगमन गरेका छन ।
छलफल पछि चिलाङ्दी चापपानी–राम्दी सडक चैत्र १२ गते आइतवारबाट सुरु गर्ने निर्माण व्यवसायीले प्रतिवद्धता व्यक्त गरेका छन् । ८ किलोमिटर सडक कालोपत्रे गर्न २०७३ असोज १९ गतेदेखि काम सुरु गरेर २०७४ पुस २० गते सम्पन्न गर्नेगरि २०७३ असोज ४ गते तत्कालीन जिल्ला प्राविधिक कार्यालय पाल्पा र निर्माण कम्पनीबीच सम्झौता भएको थियो ।
जनप्रतिनिधि भएपछि जनजनको समस्या र समाधानका लागि तल्लिन रहेका प्रतिनिधि सभा सदस्य गैरेले जस्तोसुकै समस्याको पनि सहजिकरण गर्न लागि परेको बताए । ‘मेरो ध्याननै जन सरोकारका विषयमा केन्द्रित छ’ गैरेले भने, ‘जनताका सवाल र विकासका क्षेत्रमा मरो निरन्तर खवरदारी र पैरवी हुन्छ ।’
कालीगण्डकी कोरीडोर अन्तर्गत पाल्पाको अर्गली रानीमहल खण्डको काम चलिरहँदा खानेपानी तथा सिंचाइका कुलाहरु भत्किएको कारण स्थानियले त्यसको निकाशका लागि प्रतिनिधि सभा सदस्य गैरैसंग अनुरोध गरेका थिए । कोरीडोरका ईन्जिनियर पवित्रमणी आचार्य सहित प्रतिनिधि सभा सदस्य गैरै र स्थानीयको छलफलबाट खानेपानि तथा अर्तुवा कुलो संचालनका लागि कोरीडोर परियोजनाले जिम्मा लिने गरि समस्या समाधान गरिएको छ । अनुगमनका क्रममा प्रतिनिधि सभा सदस्य गैरैले निर्धारीत समयमा गुणस्तरीय काम काम गर्न निर्माण ब्यवसायिलाई सचेत गराएका छन ।
अनुगमनका क्रममा कालीगण्डकी कोरिडोरका सुचना अधिकारी समेत रहेका आचार्यले निर्माणका क्रममा भएका कठिनाईहरुलाई सहजिकरण गर्न कार्यलय तयार रहेको बताएका छन ।
अनुगमनमा स्थानीय, बिविन्न राजनितिक दलका प्रतिनिधि, कर्मचारी, सरोकारवाला लगायतको उपस्थिती रहेको थियो ।