गरगहना छन् कि भनेर एयरपोर्टका कर्मचारीले शवका बाकस पनि फोड्न थाले: सांसद ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारीबाट शवका बाकसहरुसमेत फोड्न थालिएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले यात्रुका सुटकेससँगै शव बोकेका बाकस पनि कर्मचारीले फुटाउन थालेको बताएका हुन् ।

‘विदेशबाट ल्याइएका शवका बाकस पनि एयरपोर्टमा फोडिएको छ। गरगहना र महत्वपूर्ण सामान छन् कि भनेर लुट्न कर्मचारीले त्यसो गरिरहेका छन् । शव ल्याएका बाक्साहरु पनि फोडिएको देख्दा भ्रष्टचारको जरो कति गाडिएको छ भन्ने छर्लङ्ग भएको छ,’उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?