बैवाहिक बलात्कारको आरोपमा कपिलवस्तुका न्यायाधीस भुवन गिरीविरूद्व पक्राउ पूर्जी जारी भएको छ ।
जिल्ला अदालतले सोमबार प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको हो ।
उनकी कान्छी श्रीमती आरती रावलले गिरीविरुद्ध वैवाहिक बलात्कारमा जिल्ला प्रहरीमा जाहेरी दिएकी थिइन् । न्यायाधीस गिरी एक महिनाअघि काठमाडौंस्थित न्याय परिषद्मा सरुवा भएका थिए ।
गत मंसिरमा न्यायाधीश गिरीकी पत्नीले गिरीविरुद्ध हिंसा र यौन शोषण गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि निवेदन दिएकी थिइन् ।