नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बारा निर्वाचन क्षेत्र नम्बर-२ मा एमालेको जित सुनिश्चित रहेको बताएका छन् । बारामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जितेर देश कहिले विकास नहुने बताउँदै एमालेका उम्मेदवार पुरूषोतम पौडेलको जित निश्चित भएको बताएका हुन् । उपेन्द्र यादव मोरङ, सुनसरीबाट उखेलिएर बारा पुगेको अध्यक्ष ओलीको धारणा थियो । ‘यादव ज्यू मोरङ, सुनसरीबाट उखेलिनुभयो। लाटा सोझा जनता छन् भनेर उपेन्द्र बारामा आउनुभयो,’ उनले भने, ‘उहाँ जितेपछि के गर्नुहुन्छ ? फूलमाला लगाउनुहोला। मन्त्री हुनुहोला। यादवज्यूबाट विकास हुन्छ त ? ’