तानसेन र रामपुरमा प्रेस चौतारी नेपालको नगर कमिटी गठन

नेकपा एमालेसम्बद्ध पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालले पाल्पाको तानसेन र रामपुर नगरपालिकामा नगर कमिटी गठन गरेको छ ।

तानसेन नगरपालिकामा गुणवती केसी र रामपुर नगरपालिकामा रश्मिता घिमिरेको अध्यक्षतामा नगर कमिटी गठन गरिएको प्रेस चौतारी नेपालले जनाएको छ ।

तानसेन नगरकमिटीको उपाध्यक्षमा सिर्जना कार्की थापा, सचिवमा पवित्रा पराजुली र कोषाध्यक्षमा सुमित्रा कँडेल रहेका छन् । यस्तै, सदस्यहरूमा सञ्जिला कार्की, सिर्जना बोहरा र सुजाता खराल रहेको बताइएको छ ।

यसैगरी, रामपुर नगर कमिटीको उपाध्यक्षमा कला खनाल, सचिवमा मनोज भुजेल तथा सदस्यहरूमा प्रेमकान्छा राई मगर, माधव ढुङ्गाना, हेमकुमारी पौडेल, रमा श्रेष्ठ, सागर बस्याल र कल्पना भुजेल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?