काठमाडौंमा जारी पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणको दोस्रो खेलमा आज नेपाल र भियतनाम भिड्दैछन् । पुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली नेपालले बलियो राष्ट्र भियतनामसँग खेल्नेछ । नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपाललाई भियतनामले ५(१ गोल अन्तरले हराएको थियो । भियतनाम आज उक्त जितलाई कायम राख्न चाहन्छ । नेपाल भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2021/09/1230-x-100-2.gif)