कर्णाली प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ । एमालेका मन्त्रीहरुले आज मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा बुझाएका हुन् । राजीनामा दिने मन्त्रीहरुमा आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल रहेका छन् ।