पूर्वसांसद र उनका भाइको प्रहरीकै अगाडि गोली हानी हत्या

भारतको उत्तर प्रदेशमा लोकसभाका पूर्वसांसद र उनको भाइको गोली हानी हत्या भएको छ । पूर्वसांसद अतिक अहमत र उनका भाइ अशरफको गोली हानी हत्या भएको हो । उनीहरू पनि हत्या आरोपमै पक्राउ परेका थिए । अहमद दाजुभाइ उत्तर प्रदेशका विधायक राजु पाल र उमेश पालको हत्या आरोपमा पक्राउ परेका थिए । उनीहरूको स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएकामा पत्रकार बनेर आएका व्यक्तिले प्रहरीकै अगाडि गोली हानेर दुवैजनाको हत्या गरेका हुन् । प्रयागराजस्थित एक अस्पतालमा पत्रकारसँग कुरा गरिरहेका बेला पत्रकार बनेका आएका व्यक्तिले गोली हानेका थिए । हत्या गरिएका पूर्वसांसद अतिक गुण्डागर्दीबाट राजनीतिमा आएका थिए । उनका छोरा असद अहमद पनि केही दिनअघि प्रहरीको इन्काउन्टरमा मारिएका थिए । प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । हत्यापछि उनीहरूले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?