मेयर बालेनविरुद्धको मुद्दा हेर्न नभ्याइने

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरूद्वको मुद्वा हेर्न नभ्याइनेमा परेको छ । महानगरपालिकाले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाएपछि बालेनविरूद्व रिट परेको थियो । सरकारले महानगरपालिकाको काममा सहयोग नगरेको भन्दै मेयर बालेनले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने घोषणा गरेका थिए । जसले गर्दा दशौँ दिन हुँदा पनि यी तीन स्थानको फोहोर उठ्न सकेको छैन । अधिवक्ता पदम श्रेष्ठले काठमाडौँ महानगरपालिकाले कानुनविपरीत फोहोर सङ्कलन नगरेको भन्दै रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?