सोमबार बिहान पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाल कार्यालय जाने तयारी गर्दै थिए । बिहान करिब १० बजे ८–१० जनाको समूह इटहरीको आँपगाछीस्थित उनको क्वार्टरमा पुग्यो । नेविसंघबाट आएको भन्दै उनीहरुले दाहाललाई बोलाए, ‘एकैछिन बाहिर आउनुस् सर । कुरा गर्नु छ ।’ अफिस जान लुगा लगाउँदै गरेका दाहाल ढोका खोलेर निस्कने बित्तिकै उनीहरुले अनुहारभरि कालो मोसो खन्याइदिए ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2021/09/1230-x-100-2.gif)