प्रतिनिधि सभाको बैठक आज बिहीबार बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरुमाथि छलफल हुने कार्यसूची रहेको छ । संघीय संसद सचिवायलका अनुसार वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, शहरी विकास मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल हुने कार्यसूची रहेको छ । बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि प्रतिनिधि सदस्यहरुबाट खर्च कटौतीको प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ ।