प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाई आज

सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाई आज बिहीबार हुँदैछ । संसदीय सुनवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई आज छलफलका लागि बोलाएको छ । गत वैशाख २५ गते संवैधानिक परिषद्बाट प्रधानन्यायाधीश लागि कार्की सिफारिस भएका थिए । समितिमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध २९ वटा उजुरी परेको छ । उनी विरूद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजो बुधबार छलफल गरेको थियो । संसदीय सुनवाई समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?