विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकमाथिको चलिरहेकाे छलफलअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफल कार्यसूचीबाट हटाइएको छ ।
प्रतिनिधि सभाको आज आइतवारको बैठकमा नेकपा एमालेका सचेतक महेश बर्ताैलाले शीर्षकमा प्रदेशको नामको सट्टा अङ्क उल्लेख भएको भन्दै नियमापत्ति जनाउनुभयो । सचेतक बर्ताैलाको नियमापत्तिका सन्दर्भमा सभामुख देवराज घिमिरले पर्यटनमन्त्री सुदन किरातीलाई त्यसबारे स्पष्ट पार्न समय दिनुभएको थियो ।
बैठकमा पर्यटनमन्त्री किरातीले उल्लेख भएका अङ्क सच्याइ प्रदेशको नाम राख्ने बताउनुभयो । तर सचेतक बर्ताैलाले त्याे विषय गम्भीर भएको र नसच्याएसम्म बैठक अघि बढ्न नहुने तर्क गरेपछि सभामुख घिमिरेले आजको छलफलबाट पर्यटन मन्त्रालयको नाम सूचीबाट हटाई बैठक नियमित सञ्चालन गर्नुभएको थियो ।