कर्णाली नदीमा जीप खस्दा एक जनाकाे‍ ज्यान गयाे

हुम्लाकाे सिमकाेटबाट हिल्साका लागि छुटेकाे जीप उत्तरी नाम्खा गाउँपालिका–२ मा रहेकाे च्याछरा भिरबाट खस्दा एक जनाकाे ज्यान गएकाे छ । कर्णाली प्रदेश ०३–१–०२२ च ५१२६ नम्बरको जीप  नदीमा खस्दा चालक जनकपुरका राजेशहेमजंग तामाङको ज्यान गएकाे हाे ।

दुर्घटनामा घाइते भएका तामाङकाे उपचारका क्रममा ज्यान गएकाे  हुम्लाका प्रहरी प्रमुख डीएसपी भीमलाल भट्टराईले बताउनु भयाे ।

चीनको ताक्लाकोट जानका लागि सीमा पास बनाउन सिमकोट आएका लिमीका १२ जना यात्रु बाेकेकाे जीप हिल्सा जाँदै गर्दा दुर्घटनामा परेकाे भट्टराईले बताउनु भयाे ।  दुर्घटनाअघि उकालो सडक भएकाले जीपका यात्रु भने ओर्लिएका थिए ।

सामानसहित भिरबाट कर्णाली नदीमा खसेको जीप बेपत्ता भएको भट्टराईले बताउनु भयाे । बेपत्ता भएको जीपको प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?