रुसमा आपसी भिडन्तका घटना बढेपछि राजधानी मस्कोमा सुरक्षा व्यवस्था कडा पारिएको छ । विदेशी नागरिकलाई सुरक्षार्थ खटाउने रुसको वाग्नर समूहका प्रमुखलाई सुरक्षाकर्मीलाई नै विद्रोह गर्न उक्साएको आरोप लागेको छ ।
वाग्नर समूह मुख्य गरी रुसको लागि युक्रेनविरुद्ध लडिरहेको एउटा निजी सैनिक समूह हो । सैन्य विद्रोहको शङ्कामा वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनकाे बारे थप अनुसन्धान भैरहेको बीबीसीले जनाएको छ । वाग्नर समूह र रूसी सेनाबीच मतभेद बढेको छ । तर यसबारेमा थप जानकारी आउन सकेको छैन ।
वाग्नर समूहका प्रमुखले आफूले सैन्य विद्रोहको प्रयास नगरेको बताउनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यसबारे सचेत रहेको र निरन्तर जानकारी लिइरहेको खबरमा उल्लेख छ ।