प्रधानमन्त्री कप राष्ट्रिय भलिबल : महिलातर्फ एपीएफकाे फाइनल सम्भावना बलियाे

सशस्त्र प्रहरीकाे एपीएफ क्लबको महिला टोलीले प्रधानमन्त्री कप राष्ट्रिय भलिबलको फाइनल सम्भावना बलियो बनाएको छ ।

आज बिहीवार भएको खेलमा न्यु डायमन्ड एकेडेमीलाई ३–० काे सोझो सेटमा हराउँदै एपीएफ फाइनल नजिकै पुगेको हो । अब न्यु डायमन्डले भोलि शुक्रवार नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराएमा मात्रै फाइनलको सम्भावना रहनेछ । नेपाल पुलिस क्लब फाइनलमा पुगिसकेको छ ।

महिलातर्फ आजै भएको अर्को खेलमा एभरेस्ट क्लबले त्रिभुवन आर्मी क्लबलाई हरायो ।

यस्तै पुरुषतर्फ एपीएफ क्लबलाई हेल्प नेपाल क्लबले ३–२ को सेटमा हरायो । दुवै टोलीको फाइलन सम्भावना उच्च छ । आजै भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हरायो ।

भोलि एपीएफलाई हराएमा पुलिस फाइनलमा पुग्नेछ । यस्तै आर्मीले हेल्प नेपालसँग खेल्नेछ ।

आजै भएको खेलमा गण्डकीले शैलुङ बाङ्गेमुढालाई ३–२ को सेटमा हराएको छ । दुवै टोली फाइलन प्रवेशको दौडबाट बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?