लोकतन्त्रको साइन बोर्ड भएर हुँदैन, व्यवहार, आचरण लोकतान्त्रिक हुनुपर्छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र साइन बोर्ड र प्रणालीमा मात्रै सीमित नभइ आचरण, व्यवहार, जीवनपद्धति र राज्यको कार्यशैलीमा हुनुपर्ने बताउनु भएकाे छ ।

शुक्रवार आज काठमाण्डौमा आयोजित राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालमा अझै पनि भोकमरीको अवस्था रहेको बताउनुभएको छ ।उहाँले कतिपय गरिबीको रेखामुनि रहेका नागरिकहरुले आधारभूत अधिकारसमेत नपाइरहेको बताउनु भयो । उहाँले यसबारेमा राज्यलाई सचेत गराउनु पर्ने बताउनु भएकाे छ । उहाँले यसका लागि राज्यका सबै तहका नागरिकहरुले झक्झक्याउनुपर्ने बताउनु भयो ।

अध्यक्ष ओलीले अहिले पनि गरिबीको रेखामुनि ठूलो सङ्ख्या रहेकाले सबै मिलेर उनीहरुलाई आधारभूत अधिकार दिलाउनुपर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?