घाँस काट्न गएकाे बेला भीरबाट खसेर एक किशाेरीकाे ज्यान गयो

दैलेखमा घाँस काट्न गएको बेला भीरबाट खसेर शनिवार एक किशोरीको ज्यान गएको छ । ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँकी १५ वर्षीया रञ्जना नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ ।

गाउँ नजिकैको रानीबनमा घाँस काट्दै गर्दा भीरबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?