रास्वपाकाे अवराेधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ लाई बैठकमा पेस गरेपछि रास्वपाले विरोध जनाएको हो । रास्वपाका सांसदहरू कुर्सीबाट उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले पार्टीका प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न समय दिनुभएको थियो । प्रमुख सचेतक परियारले त्याे विधेयक सभामुखबाट निर्णयार्थ प्रस्तुत नभएको भन्दै आपत्ति जनाउनुभएको थियो ।

सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावलीअनुसार नै प्रक्रिया बढाएको जानकारी गराउनुभएको थियो । तर रास्वपाका सांसदहरूले विरोध जनाइरहेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?