पाेखरीमा डुबेर सप्तरीमा आज शुक्रवार दिउँसाे एक बालककाे ज्यान गएकाे छ ।
पाेखरीमा डुबेर महादेवा गाउँपालिका–५ दुर्गापुर टोल बस्ने महादेव साहको तीन वर्षको छोरा अनिशकुमारको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ ।
आफ्नै घर अगाडि रहेको सार्वजनिक पोखरीको छेउमा खेल्ने क्रममा पानीमा डुबेका बालकको ज्यान गएको हाे ।