काठमाण्डौ र ललितपुरका यी ठाउँमा आज ८ घण्टा बिजुली नआउने

काठमाण्डौ र ललितपुरका विभिन्न ठाउँमा आज आठ घण्टा बिजुली नआउने भएको छ । नेपाल विद्युत् प्राधिकरणको टेकु सबस्टेसनबाट आपूर्ति हुँदै आएको बिजुली आज आठ घण्टासम्म बन्द हुने भएको हो ।

प्राधिकरणले हिजो नै सूचना निकालेर आज बिहान साढे ८ बजेदेखि दिउँसो साढे ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी गराएको हो । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाको टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १ सय ३२ केभीमा चार्ज गर्ने काम भैरहेको छ ।

बागमती फिडर अन्तर्गत सानेपा राममन्दिर, गुसिंगाल, एडभान्स कलेज, अमरावती सानेपामा मोड, रेडिएण्ट स्कुल क्षेत्रमा बिजुली आपूर्ति बन्द हुनेछ । त्यस्तै ललितपुरको पुल्चोक फिडर अन्तर्गत बल्खु, हेल्थपोस्ट, झम्सीखेल, पुल्चोक प्रधानसेनापति निवास, ठाडोढुंगा क्षेत्रमा बिजुली कटौती हुनेछ । चमती फिडर अन्तर्गत ज्ञान तीर्थ मार्ग, कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भु, चमती, किमडोल र बारुद खाना क्षेत्रमा बिजुली आपूर्ति बन्द हुनेछ ।

कीर्तिपुर फिडर अन्तर्गत बल्खु, खसीबजार, त्रिभुवन विश्वविद्यालय, चोभार, टौदह र ट्याङ्लाफाँटको केही भागमा, त्रिपुरेश्वर फिडर अन्तर्गत टेकुदेखि पचली भैरव, उद्योग वाणिज्य संघ हुँदै सुकुम्बासी बस्ती, वल्र्ड ट्रेड सेन्टर र थापाथली स्वीचिङ अन्तर्गत टेकु त्रिपुरेश्वर चोक, आशा अस्पताल, वल्र्ड ट्रेड सेन्टर, रंगशाला, नर्भिक अस्पताल, प्रसूति गृह हुँदै बबरमहलसम्म, सानेपा, कुपण्डोल हिमालयन होटल, स्थानीय विकास मन्त्रालय र पुल्चोकसम्म बिजुली आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यस्तै ललितपुरको भैंसीपाटी फिडर अन्तर्गत महतो मार्ग, भैंसेपाटी आवास, भैंसेपाटी चोक, एकल डाँडा र काठमाण्डौको छेत्रपाटी फिडर अन्तर्गत टेकूदेखि विष्णुमती खोला किनार हुँदै पुष्पलाल पार्क, ढल्कु चोकदेखि छेत्रपाटीसम्म बिजुली आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्ति कम प्रभावित हुने गरी सबै फिडरमा नियमित विद्युत् आपूर्ति गर्ने प्रयास गर्ने र निर्धारित समयअघि काम सम्पन्न भएमा बिजुली आपूर्ति हुने पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?