महिला विश्वकप : नेदरल्यान्ड्सले पाेर्चुगललाई हरायाे

– फिफा महिला विश्वकप फुटबल २०२३ मा नेदरल्यान्ड्सले पाेर्चुगललाई हराएकाे छ ।

आज आइतवार न्युजिल्यान्डकाे फर्सिथ बार स्टेडियममा भएकाे खेलमा नेदरल्यान्ड्सले पाेर्चुगललाई १–० गाेलले हरायाे । नेदरल्यान्ड्सका लागि खेलकाे १३ औँ मिनेटमा स्टेफेन भानले गरेकाे गाेल नै निर्णायक भयाे । याे जितसँगै समूह ‘ई’ मा रहेकाे नेदरल्यान्ड्सले ३ अङ्क जाेडेकाे छ ।

यस्तै आजै भएकाे समूह ‘जी’ काे खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई हरायाे । त्यस्तै अहिले समूह ‘एफ’ मा फ्रान्स र जमैकाबीच खेल भइरहेकाे छ ।

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?