काठमाण्डौका केही ठाउँमा आरीघोप्टे वर्षा, बाढीको चेतावनी

काठमाण्डौ उपत्यकाका केही ठाउँमा आरीघोप्टे वर्षा भएको छ । नगरकोट, बूढानीलकण्ठ, ककनी, धादिङको धुनीवेशीलगायतका ठाउँमा पछिल्लो एक घण्टामा निकै ठूलो पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आरीले पानी खन्याएझैँ गरी हुने वर्षालाई आरीघोप्टे वर्षा भन्ने गरिएकाे छ ।

नेपाल बाढी सूचना केन्द्रले विष्णुमती, मनोहरा, बल्खु खोलालगायतका नदीहरू बढ्ने भएकाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?