सामाखुसीमा खोलाले बगाएर बेपत्ता भएका बालकको अवस्था अझै थाहा हुन सकेन

काठमाण्डौको सामाखुसीमा खोलाले बगाउँदा बेपत्ता भएका १३ वर्षीय साजन मगरको अवस्था अझै थाहा हुन सकेको छैन ।

हिजो खोलाले बगाएर बेपत्ता भएका उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

प्रहरीका अनुसार पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने साजन स्कुलबाट फर्किएर फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा खसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?