किसानलाई सिँचाइ सुविधा दिन तथा जङ्गली पशुपक्षीलाई पिउने पानीको सहज उपलब्धताका लागि दाङमा पछिल्लो एक वर्षमा ६ वटा पोखरी निर्माण गरिएको छ ।
डिभिजन वन कार्यालयको ‘एक वडा एक पोखरी’ कार्यक्रमबाट गएकाे आर्थिक वर्ष २०७९/०८० मा थप ६ वटा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र दङ्गीशरण गाउँपालिकामा ६ वटा पोखरी निर्माण गरिएको कार्यालयले जनाएको छ । सामुदायिक वन समूहको समेत सहभागितामा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । पोखरी निर्माण भएपछि पानीको मुहान संरक्षण भइ पानीको श्रोत बढेको र वर्षातको पानी पनि सङ्कलन हुँदा स्थानीयलाई सजिलो भएको कार्यालयले जनाएको छ ।
स्थानीय नागरिककाे सहभागितामा पाेखरी निर्माण गरिएकाले धेरै लगानी नलागेकाे केसीले जानकारी दिनुभयो ।