नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीकाे १५ औँ महाधिवेशनमा नेता डा. शेखर काेइरालालाई सभापति बनाउने उद्घाेष गर्नुभएकाे छ ।
मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा उपसभापति गुरुङले यस्ताे उद्घाेष गर्नुभएकाे हाे । उहाँले रूपान्तरणको नाममा अहिले नै पार्टी सभापति परिवर्तन गर्ने भन्ने पक्षमा आफू नरहेको र १५ औँ अधिवेशनबाट पार्टी नेतृत्व रूपान्तरण हुने दाबी गर्नुभयाे ।
उहाँले भन्नुभयाे, ‘मैले शेखर कोइरालालाई अघि बढ्नुहोस् भनेको छु । अहिले नै पार्टी सभापति बदल्नुपर्छ भन्ने चाहन्न । तर १५ औँ महाधिवेशनमा पार्टी सभापति बदल्ने हो ।’
उपसभाति गुरुङले रूपान्तरण विषय र सिद्धान्तबाट हुने भन्दै व्यक्तिको अनुहारबाट रूपान्तरण सम्भव नरहेको जिकिर गर्नुभयो ।