चिनियाँ विदेशमन्त्री गांग बर्खास्त, वाङ यीले जिम्मेवारी सम्हाल्ने

चीनले विदेशमन्त्री किन गांगलाई पदबाट हटाएको छ । गएको जुन महिनादेखि सार्वजनिक रूपमा नदेखिएका गांगलाई पदबाट हटाइएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ ।

उहाँ सात महिनाअघि मात्रै विदेशमन्त्रीमा नियुक्त हुनुभएको थियो । गांगलाई विदेशमन्त्रीबाट हटाएपछि पूर्व विदेशमन्त्री वाङ यीले नै जिम्मेवारी सम्हालेको खबरमा उल्लेख छ । वाङ यी सफल विदेशमन्त्री र राष्ट्रपति सी जिनपिङको भरपर्दो विश्वासपात्र मानिनुहुन्छ ।

चिनियाँ जनकंग्रेसकाे स्थायी कमिटीकाे स्थायी बैठकले किन गांगलाई हटाउने निर्णय गरेकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?