करेन्ट लागेर गाेरखामा एक जनाको ज्यान गयाे

करेन्ट लागेर गोरखामा एक जनाकाे ज्यान गएकाे छ । मङ्गलवार बिहान करेन्ट लागेर शहीद लखन गाउँपालिका–७ थापागाउँका ४० वर्षका राममणि थापाको ज्यान गएको हाे ।

शहीद–लखन ७ बाह्रबिसेकी शान्ता तिवारीको कुखुरा फार्ममा विद्युतीय तार शर्ट भएर करेन्ट लाग्दा थापा गम्भीर घाइते हुनुभएको थियो । करेन्ट लागेर गम्भीर घाइते हुनुभएका उहाँकाे उपचारका क्रममा गोरखा अस्पतालमा ज्यान गएकाे गाेरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

कुखुरा फार्म नजिकै रहेको हाते ट्र्याक्टर निकाल्ने क्रममा थापालाई करेन्ट लागेको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?