सर्लाहीको पर्साबाट पेस्ताेल र गाेलीसहित दुई जना पक्राउ

सर्लाहीको पर्सा नगरपालिकाबाट दुई जना हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जीवनकुमार यादव र प्रकाश यादव रहेका छन् ।

भारतीय नम्बर प्लेटको बीआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकलमा नेपाल आएका सर्लाही हरिपूर्वा नगरपालिका–६ खरमारका २३ वर्षीय जीवनकुमार यादवलाई एक थान पेस्तोल  र १५ राउन्ड  गोली तथा  २० वर्षीय  प्रकाश यादवलाई एक थान नलकटुवा पेस्तोल र पाँच  राउन्ड गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

सशस्त्र प्रहरी बल संग्रामपुरका सशस्त्र प्रहरी निरीक्षक  कृष्णबहादुर गुरुङका अनुसार उनीहरुलाई सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले जाँच गर्ने क्रममा गएराति पक्राउ गरेको  हो ।  पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको सशस्त्र प्रहरी निरीक्षक गुरुङले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?