दाङकाे गणपति तेल मिलमा आगलागी, दुई करोड रुपैयाँभन्दा बढीकाे क्षति

तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा आगलागी भएको छ । हिमाल बस्नेतले सञ्चालन गरेकाे तेल मिलमा भएकाे आगलागीबाट झन्डै दुई कराेड रुपैयाँ बराबरकाे क्षति भएकाे अनुमान गरिएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

आज बिहान लागेकाे आगाे स्थानीय,  नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा निभाइएकाे छ ।  क्षतिको यकिन विवरण भने आउन बाँकी  रहेको प्रहरीको भनाइ छ । आगलागीको कारण अझै खुलेको छैन ।  तेल मिल तुलसीपुर क्षेत्रमा सबैभन्दा पहिले स्थापना भएको मिल हो । बस्नेत तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?