रात्रि बस तानसेनको बारुदखान मा दुर्घटना

पाल्पा – तानसेन देखि काठमान्डौ को लागि छुटेको बस दुर्घटना भएको छ । लु २ ख १४०३ नं.को रात्रि बस तानसेनको बारुदखान मा दुर्घटना भएको हो । तानसेन बसपार्क देखि काठमाण्डौका लागी छुटेको केही समयमै बस एक्कासी घरमा ठोकीन पुगेको थियो ।

दुर्घटनामा २० जना घाइते भएका छन्। घाइतेहरुको मिसन अस्पतालमा उपचार हुंदै गरेको जिल्ला ट्राफिक कार्यालय पाल्पाले जनाएको छ। घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ। घटना सम्बन्धी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरि कार्यालय पाल्पाले जनाएको छ ।           

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?