ताप्लेजुङकाे पाथीभरा याङवरक-३ तिरिङ्गेबाट पाथीभरा दर्शनका लागि छुटेकाे जीप दुर्घटना भएकाे छ । मे १ ज २१८६ नम्बरको जीप सडकबाट खसेकाे हाे । दुर्घटनामा १३ जना घाइते भएका छन् ।
घाइते हुनेमा याङवरक-३ तीरिङ्गेका जीप चालक २१ वर्षका भक्त कार्की, ७० वर्षका धनबहादुर डाँगी, ६२ वर्षकी फुलमाया बस्नेत, ३५ वर्षकी निर्मला बस्नेत, २२ वर्षका कर्णबहादुर भट्टराई, ३० वर्षकी विमला डाँगी, ६ वर्षकी युनिसा बस्नेत, ४ वर्षकी सोस्तीका बस्नेत रहेका छन् ।
त्यस्तै, तिरिङ्गेकै ४१ वर्षका ललित भट्टराई, २२ वर्षका कुमार भट्टराई, ३७ वर्षका मानबहादुर भट्टराई, ३८ वर्षका चन्द्रबहादुर भट्टराई र झापा बाह्रदशी गाउँपालिका वडा नं. २ बस्ने ४१ वर्षका कर्णबहादुर कार्की रहेका प्रहरीले जानकारी दिएकाे छ ।
घाइतेहरुकाे जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेकाे छ ।