आईएमई पेमा अहिले नखेले कहिले नामकाे खेल सार्वजनिक

आईएमई पे ले “अहिले नखेले कहिले” नामकाे खेल सार्वजनिक गरेकाे छ ।

आईएमईले अल्टिमा लाइफस्टाइलसँगकाे सहकार्यमा माघदेखि  रु. १ को खेल सार्वजनिक गरेको हाे ।

आईएमई पे एपका प्रयोगकर्ताहरूले एक रुपैयाँमा आफूलाई मन पर्ने अल्टिमाका सामान छानेर याे खेल खेल्न सक्नेछन् । खेलको उपहार स्वरुप १० वटा अल्टिमाको सामानहरु राखिएकाे आईएमई पेले जनाएकाे छ ।अल्टिमाले नेपाली बजारमा ल्याएको अल्टिमा बुम १६१ क्यु मा पनि आईएमई पेमार्फत खरिदमा  छुट दिने भएकाे छ ।

प्रयोगकर्ताहरूले दराज एपबाट  गएकाे बिहीवारदेखि माघ ८ गतेसम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आईएमई पेबाट भुक्तानीमा १५ प्रतिशत अर्थात् १ सय ५० रुपैयाँसम्म अतिरिक्त छुट पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?