न्युजिल्यान्डसँगकाे खेलमा नेपाललाई तेस्राे सफलता, दिपेशले दिए ओलिभरकाे विकेट

आईसीसी १९ वर्षमुनिकाे खेलमा नेपालले अहिले न्युजिल्यान्डसँग खेलिरहेकाे छ । अहिले नेपालले बलिङ गरिरहेकाे छ ।

दक्षिण अफ्रिकामा न्युजिल्यान्डका कप्तान ओस्कर ज्याक्सनले टस जितेर ब्याटिङ राेजेपछि नेपालले बलिङकाे निम्ताे पाएकाे हाे । याे समाचार तयार पार्दासम्म न्युजिल्यान्डले १५ ओभरमा ३ विकेट गुमाएर ६९ रन बनाएकाे छ । नेपाललाई स्पिनर सुवास भण्डारीले पहिलाे सफलता दिलाए । उनले लुक वाट्सनकाे विकेट लिए । यस्तै तिलक भण्डारीले टम जाेन्स र दिपेश कँडेलले ओलिभर तेवतियाकाे विकेट लिए ।

यसअघि नेपाल र न्युजिल्यान्डबीच २ पटक भेट हुँदा दुवै खेल नेपालले जितेको थियो । नेपालले न्युजिल्यान्डलाई सन् २००६ मा ३२ रन र सन् २००६ मा १ विकेटले  हराएको थियो ।

नेपाल रहेको समूह ‘डी’ न्युजिल्यान्डसँगै अफगानिस्तान र पाकिस्तान छन् । अब नेपालले दोस्रो खेलमा पाकिस्तानसँग १० गते र अन्तिम खेलमा १२ गते अफगानिस्तानसँग खेल्नेछ ।

प्रतियोगितामा ४ वटा समूहमा गरी २० वटा टोली सहभागी छन् । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?