शीतलहरको कष्ट

दुई सातादेखि बढेको चिसो र शीतलहरका कारण रौतहटलगायत तराई मधेसमा जनजीवन कष्टकर बनेको छ । चिसोको कारण सबैभन्दा बढी दलित बस्तीका मानिस प्रभावित भएका छन् । सोमबार घाम लागे पनि मंगलबारबाट पुनः शीतलहर चल्न थालेको छ ।

लगातारको शीतलहरले दलित बस्तीको अलवा सुत्केरी, गर्भवती, वृद्धवृद्धा, गरिब, विपन्न, पशुचौपाया प्रभावित छन् । चिसो बढेसँगै अधिकांश गाउँमा धुनी बालेर मानिसहरू आगो तापिरहेका छन् । जाडोका कारण पशुचौपायालाई बोरा ओढाइएको छ । जाडो बढेपछि जिल्लाका अधिकांश विद्यालय डेढ सातादेखि बन्द छन् । चिसोबाट दमका बिरामी बढी समस्यामा पर्ने चन्द्रपुर अस्पतालका चिकित्सक सुभाष चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?