जिल्ला प्रहरी कार्यालय संखुवासभाको हेलिप्याड नजिकै सकेट बम फेला परेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय हेलिप्याडनजिकै सकेट बम फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी घनश्याम श्रेष्ठले बताए ।
सकेट बम द्वन्द्वका बेला सुरक्षाका लागि राखिएको हुन सक्ने अनुमान गरिएको छ । सकेट बम डिस्पोजका लागि सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको नयाँ भैरवी दल गुल्मको टोलीलाई खबर गरिसकेको उनले बताए ।
सरसफाई गर्ने क्रममा प्रहरी कार्यालयको हेलिप्याड नजिकै प्रहरीले नै शंकास्पद बस्तु फेला पारेको हो। बम डिस्पोजका लागि आवश्यक तयारी भइरहेको नयाँ भैरवी दल गुल्मको गुल्मपति (मेजर) सन्तोश चन्दले बताए । उक्त क्षेत्रमा बम डिस्पोज नभएसम्मका लागि प्रहरीले निषेधित क्षेत्रको रुपमा राखेर सुरक्षा गरिरहेको छ ।